मुख्य सामग्रीमा जानुहोस्

आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, एजेन्डा सार्वजनिक भएन

काठमाडौंमा आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री बालेन शाहले सिंहदरबारस्थित कार्यालयमा बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्। बैठकमा के कस्ता विषयमा छलफल हुने भन्ने खुलाइएको छैन।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, एजेन्डा सार्वजनिक भएन
Online Khabar

काठमाडौं, भदौ १२। मन्त्रिपरिषद्को बैठक आज बिहान सिंहदरबारमा बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा छलफल हुने एजेन्डाबारे भने केही पनि सार्वजनिक गरिएको छैन। मन्त्रिपरिषद्को तर्फबाट यससम्बन्धी औपचारिक जानकारी दिइएको छैन।

आजको बैठकमा सरकारका समसामयिक विषयमा छलफल हुने सम्भावना रहे पनि यकिन भने भइसकेको छैन।