काठमाडौं, १२ भदौ । रोड टु युएफसीको फाइनलमा पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटले बाढीका कारण नेपालमा सिर्जित कठिन अवस्थाप्रति ध्यान दिलाउँदै सहयोगका लागि अपिल गरेका छन् ।
शुक्रबार आफ्नो खेलपछि बोल्दै उनले बाढीले नेपालमा निकै गाह्रो बनाएको बताए । उनले सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह पनि गरे ।
नेपाली फाइटर ढाँटले न्युजिल्यान्डका कासिब मर्डाेकलाई पराजित गर्दै रोड टु युएफसीको फाइनल प्रवेश गरेका हुन् । उनको अब योर ताजिमासँग फाइनल भिडन्त हुनेछ । योर ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई हराएर फाइनलको यात्रा तय गरेका थिए ।
प्रतियोगिताको फाइनल जित्ने खेलाडी युएफसीका लागि छनोट हुनेछन् ।







