मुख्य सामग्रीमा जानुहोस्

सूर्य नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कम्पनीका पदाधिकारीहरूले चेक बुझाएका हुन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सूर्य नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग
Online Khabar

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कम्पनीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेको हो ।

चेक बुझाउने क्रममा सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्याल सहभागी थिए । उनीहरूले अर्थमन्त्री वाग्लेलाई उक्त रकमको चेक बुझाएका हुन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर निजी क्षेत्रबाट उपलब्ध गराइएको यो सबैभन्दा ठूलो सहयोग रकम रहेको छ ।