मुख्य सामग्रीमा जानुहोस्

बाढीग्रस्त बैंकबाट प्रहरीले निकाल्यो डेढ करोड नगद र ५० लाख मूल्यको सुन

बाढीले क्षति पुर्‍याएको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट डेढ करोड नगद र करिब ५० लाख मूल्यको सुन नेपाल प्रहरीले सुरक्षित स्थानमा सारेको छ । आठ घण्टा लामो प्रयासपछि नगद, सुनसहित महत्त्वपूर्ण कागजात बाहिर निकालिएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढीग्रस्त बैंकबाट प्रहरीले निकाल्यो डेढ करोड नगद र ५० लाख मूल्यको सुन
Online Khabar

भदौ १४ गते आइतबार बाढीबाट क्षतिग्रस्त भएको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट नगद र सुन निकाल्न नेपाल प्रहरीले विशेष अभियान चलाएको छ । करिब आठ घण्टाको प्रयासपछि शाखाभित्र रहेका डेढ करोड नगद र अनुमानित ५० लाख मूल्यको सुन सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

बैंकबाट केही महत्त्वपूर्ण कागजात पनि सुरक्षित अवस्थामा भेटिएका छन् । ती कागजातलाई सुरक्षित राखिएको र यस अभियानको संक्षिप्त भिडिओ सामाजिक सञ्जालमा सेयर गरिएको प्रहरीले बताएको छ ।