आन्तरिक सुन बजारमा सोमबार पुनः गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको भाउ प्रतितोला रु. २,४०० ले घटेर रु. ३,०६,६०० कायम भएको छ।
आइतबार सुन प्रतितोला रु. ३,०९,००० मा कारोबार भएको थियो। साताको पहिलो दुई दिनमा सुनको मूल्य प्रतितोला रु. ११,९०० ले घटिसकेको महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको भाउ भने स्थिर रहेको छ। आइतबारकै दरमा आज चाँदी प्रतितोला रु. ४,७८० मा कारोबार भइरहेको छ।







