काठमाडौं, अगस्ट ३१ । हालै देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत र पुनर्स्थापनाका लागि पद्म ज्योति समूहकी सदस्य कम्पनी स्याकर ट्रेडिङ कम्पनी प्रा.लिले प्रधानमन्त्रीको विपद् राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपालमा होन्डाको प्रतिनिधित्व गर्ने उक्त कम्पनीले यो सहयोग विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत, आधारभूत आवश्यक सामग्री र दीर्घकालीन पुनर्स्थापनामा उपयोग गरिने जानकारी दिएको छ ।
कठिन परिस्थितिमा प्रभावित सबै परिवार र समुदायको साथमा रहेको भन्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा अर्थपूर्ण योगदान दिनु कम्पनीको उद्देश्य रहेको स्याकर ट्रेडिङले बताएको छ ।
विपद्बाट प्रभावित समुदायलाई सामान्य जीवनमा फर्काउन सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच समन्वित प्रयास हुनुपर्नेमा कम्पनीले जोड दिएको छ । उद्धार, राहत र पुनर्स्थापनाका काममा सबै पक्षको सहयोग आवश्यक रहेको उसको भनाइ छ ।







