मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढी : मृतकको संख्या ९८७ पुग्यो, ३९१६ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएकामध्ये ९८७ जनाको शव फेला परेको छ। प्राधिकरणका अनुसार ३९१६ जना अझै सम्पर्कविहीन रहेका छन् भने ११ हजार ८१४ जनाको उद्धार गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढी : मृतकको संख्या ९८७ पुग्यो, ३९१६ जना अझै सम्पर्कविहीन
Online Khabar

१६ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहान ९ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै यो जानकारी दिएको हो।

प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लामा शव फेला परेका छन्। रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।

यस्तै, अझै तीन हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्। बाढीमा परी २७९ जना घाइते भएका छन् भने हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ।