मुख्य सामग्रीमा जानुहोस्

मध्यराति पेप्सीकोलाको फुटबल ग्राउन्ड नजिकै कटेजमा आगो, दमकल परिचालन

पेप्सीकोला फुटबल ग्राउन्ड छेउको कटेजमा मध्यराति आगलागी भएको छ। दमकल र प्रहरीको टोली आगो नियन्त्रणमा जुटे पनि कटेजका सञ्चालक प्रहरी सम्पर्कमा आएका छैनन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
मध्यराति पेप्सीकोलाको फुटबल ग्राउन्ड नजिकै कटेजमा आगो, दमकल परिचालन
Online Khabar

काठमाडौंको पेप्सीकोलामा रहेको एउटा कटेजमा मध्यराति आगलागी भएको छ। काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै अवस्थित सो कटेजमा राति साढे १२ बजेतिर आगो सल्किएको हो।

प्रहरी वृत्त काँडाघारीका असई रमेश ओलीका अनुसार कटेजमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीको सूचना पाएपछि दमकल र प्रहरीको टोली घटनास्थल पुगेको छ।

आगो नियन्त्रणमा लिन दमकलले प्रयास जारी राखेको असई ओलीले बताए। दमकलसँगै प्रहरीको टोली पनि आगो निभाउने काममा परिचालित छ।

यसबीच कटेजका सञ्चालक भने प्रहरीको सम्पर्कमा आइसकेका छैनन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।