मुख्य सामग्रीमा जानुहोस्

सोप्याङखोलामा पहिरो खस्दा त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध

काठमाडौं-हेटौंडा जोड्ने त्रिभुवन राजपथ गएराति ९ बजेदेखि दुईतर्फी अवरुद्ध छ । निरन्तर झरीले पहिरो पन्छाउन समस्या भएपछि बिहीबार बिहान चार उपकरण लगाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सोप्याङखोलामा पहिरो खस्दा त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध
Online Khabar

धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेपछि काठमाडौं-हेटौंडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ । गएराति ९ बजे पहिरो खसेको र सडक पूर्ण रूपमा बन्द भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो खसिरहनुका साथै निरन्तर झरी परिरहेकाले त्यसलाई पन्छाउन समस्या भएको छ । बिहीबार बिहानैदेखि चारवटा उपकरण प्रयोग गरेर पहिरो हटाउने र सडक सुचारु गर्ने काम अघि बढाइएको छ ।

यसैबीच कृष्णभिरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध अवस्थामै छ ।

वैकल्पिक मार्गमा चाप

पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन हेटौंडा-काठमाडौं जोड्ने वैकल्पिक राजमार्गतर्फ लागेका छन् । जसका कारण हेटौंडा-काठमाडौंका तीन रुटमा सवारीसाधनको ठूलो चाप देखिएको छ ।

त्रिभुवन राजपथ र पृथ्वीराजमार्ग दुवै अवरुद्ध हुँदा पूर्वी तथा मध्यमाञ्चलका यातायात सेवा वैकल्पिक मार्गमा निर्भर बनेका छन् ।