खाना पकाउने ग्यास नपाएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा सडकैमा खाना पकाएर सरकारको विरोध गरेको छ । संस्थापनविरुद्धको यो विरोध प्रदर्शन काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा गरिएको हो ।
प्रदर्शनकारीहरूले सडकमै ईंटा राखेर चुलो तयार पारेका थिए । त्यही चुलोमा दाउरा बालेर उनीहरूले खाना पकाए र पकाएको खाना सडकमै बसेर खाए । ग्यास जस्तो दैनिक उपभोग्य वस्तु नपाउँदा सर्वसाधारणले भोग्नुपरेको समस्या देखाउन उनीहरूले यस्तो तरिकाबाट विरोध जनाएका हुन् ।
२५ भदौमा भएको यो प्रदर्शनमार्फत अनेरास्ववियु क्रान्तिकारीले खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेको छ ।







