नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। बैठक आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले यससम्बन्धी सूचना जारी गरेका छन्। सूचनामार्फत उनले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरेका छन्।
बैठकको एजेन्डाबारे भने सूचनामा खुलाइएको छैन। पार्टीले बैठकका विषय तथा निर्णयपछि थप जानकारी दिने अपेक्षा गरिएको छ।







