मुख्य सामग्रीमा जानुहोस्

कैलाली र धरानमा ब्राउनसुगरसहित तीन अभियुक्त पक्राउ

कैलाली र सुनसरीमा प्रहरीले गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। धनगढीबाट एक जना र धरानबाट दुई जनालाई गएराति पक्राउ गरिएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

कैलाली र सुनसरीमा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइयाँघाटका ३५ वर्षीय राजेश राना तथा सुनसरीको धरान उपमहानगरपालिकाका ८९ वर्षीय विजय लिम्बू र ३५ वर्षीय पूर्ण श्रेष्ठ रहेका छन्।

गएराति साढे १० बजे धनगढीबाट राजेश रानालाई पक्राउ गरी उनको साथबाट १६६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यस्तै, धरानको भिक्टोरिया चोकबाट हिजो बेलुका आठ बजे विजय लिम्बू र पूर्ण श्रेष्ठलाई पक्राउ गरी एक ग्राम ५१० मिलिग्राम लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।