मुख्य सामग्रीमा जानुहोस्

सप्तरीमा डेरीले दूध नकिन्दा किसानले पोखे दूध, आक्रोश प्रकट

सप्तरीमा सहकारीले सञ्चालन गरेको डेरीले दूध खरिद नगरेपछि आक्रोशित किसानले डेरीको अगाडि दूध पोखेका छन्। स्थानीय किसानले आफूहरूको दैनिक ३००–४०० लिटर दूध बेच्न समस्या भएको बताएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

सप्तरीको बलान बिहुल गाउँपालिका–५ स्थित रामनगरमा सञ्चालित रामनगर साना किसान कृषि सहकारी संस्थाको डेरीले शनिबार किसानको दूध खरिद गर्न अस्वीकार गरेपछि आक्रोशित किसानले डेरीकै अगाडि दूध पोखेर विरोध जनाएका छन् ।

सहकारीमा आबद्ध किसानले शुक्रबार पनि आग्रह गर्दा दूध खरिद गरिएपनि शनिबार किन्न नमानेको बताएका छन् । स्थानीय किसान महेन्द्र यादवले सहकारीबाट २ लाख रुपैयाँ ऋण लिएर तीन वटा गाई र एउटा भैंसी खरिद गरेको बताए । उनले दूध बिक्रीबाटै ऋण चुक्ता गर्दै परिवारको दैनिकी चलाउँदै आएको र अब दूध नबिक्दा समस्या हुने चिन्ता व्यक्त गरे ।

यादवले आफूहरूसँग दैनिक तीन सयदेखि चार सय लिटर दूध बिक्री गर्नुपर्ने बाध्यता रहेको र अन्यत्र दूध बेच्न संभव नभएकोले समस्या भएको उल्लेख गरे । किसानले सहकारीले दूध खरिद नगरे आफूहरूलाई ऋण तिर्न र परिवारको गुजारा चलाउन कठिन हुने भन्दै गम्भीर प्रतिक्रिया दिएका छन् ।