मुख्य सामग्रीमा जानुहोस्

पर्वतमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, एक घाइते

पर्वतको कुश्मा नगरपालिका–९ मा शनिबार ट्र्याक्टर सडकबाट १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्र्याक्टर चालक २८ वर्षीय सुजन नेपाली र १४ वर्षीय शिशिर लामिछाने रहेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

पर्वतको कुश्मा नगरपालिका–९ स्थित एकोहोरेपाठामा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्माबाट ज्ञादीको साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्र्याक्टर दोबिल्ला–फलेवास सडकखण्डबाट करिब १०० मिटर तल खसेको हो।

दुर्घटनामा ट्र्याक्टर चालक कुश्मा–७ निवासी २८ वर्षीय सुजन नेपाली र ट्र्याक्टरमा सवार कुश्मा–९ साइकलचोकका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। दुर्घटनामा परी एक जना घाइते भएका छन्।

दुर्घटनालगत्तै घाइतेलाई उद्धार गरी प्रदेश अस्पताल पर्वत पुर्याइएको थियो। त्यहाँ चिकित्सकले दुई जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक दिनेश पौडेलले बताए।