मुख्य सामग्रीमा जानुहोस्

युएई र स्कटल्याण्डबीच आज विश्वकप लिग–२ को खेल

आइसिसि विश्वकप लिग–२ अन्तर्गत आज स्कटल्याण्ड र युएई भिड्दैछन्। डुन्डेको मैदानमा हुने खेलमा युएई एकदिवसीय मान्यता बचाउने दाउमा छ भने स्कटल्याण्ड सिधैं ग्लोबल क्वालिफायर पुग्ने लक्ष्यमा छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork

आइसिसि विश्वकप लिग–२ अन्तर्गत आज स्कटल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदैछन्। स्कटल्याण्डको डुन्डेस्थित मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ।

अंक तालिकाको अवस्था

लिगको अंक तालिकामा स्कटल्याण्डले ३२ खेलमा ३८ अंक बटुलेको छ र तेस्रो स्थानमा छ। युएई भने २४ खेलमा १४ अंक मात्र जोड्दै अन्तिम स्थानमा रहेको छ।

दुवै टोलीको लक्ष्य

युएईका लागि आजको भिडन्त एकदिवसीय मान्यता कायम राख्ने अभियानसँग जोडिएको छ। बाँकी १२ खेल जित्दै टोली शीर्ष ६ मा पुग्ने दाउमा छ।

स्कटल्याण्ड भने शीर्ष चारमा रहँदै सिधैं विश्वकप ग्लोबल क्वालिफायर खेल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।