भदौ १२, काठमाडौं । अपर त्रिशुली ए जलविद्युत् आयोजनाको सुरुङभित्र अलपत्र परेका मजदुरलाई बाहिर निकाल्न सरकारले छुट्टै हेलिकप्टर खटाएको छ । उद्धार अभियानलाई तीव्र बनाउन आवश्यक सामग्रीसहित थप टोली पनि परिचालन गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार उद्धारको मुख्य केन्द्र अपर त्रिशुली ए आयोजनाकै सुरुङ रहेको छ । सुरुङभित्र रहेका व्यक्तिलाई सकुशल निकाल्न हेलिकप्टर परिचालनसहित आवश्यक उद्धार व्यवस्था मिलाइएको हो । तर, कठिन भौगोलिक अवस्थिति र प्रतिकूल वातावरणका कारण त्यहाँ उद्धार कार्य सहज बन्न सकेको छैन ।
बिहीबार उक्त आयोजनाकै सुरुङबाट तीन सय ५० जनालाई सकुशल निकालिएको थियो । आज सुरुङभित्रबाट थप दुई जनाको उद्धार भएको प्राधिकरणले बताएको छ ।







