मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि नासा नेपालद्वारा १ लाख रुपैयाँ सहयोग

भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित नागरिकका लागि नासा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। संस्थाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलीसहित उद्धार र…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि नासा नेपालद्वारा १ लाख रुपैयाँ सहयोग
Online Khabar

काठमाडौं, भदौ १२। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अघि सरेको छ। संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

नासा नेपालले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घाइते भएकाहरूको छिटो स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूको खोजी र उद्धारका लागि सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग जुटाउन आग्रह गरेको छ।

संस्थाले जारी गरेको वक्तव्यमा राष्ट्रिय संकटको बेला नेपाल सरकारसँग ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, उपचार र पुनःस्थापनाका काममा निजी क्षेत्र, खेलकर्मी तथा अटोमोबाइल समुदायलाई सक्रिय सहयोगका लागि अपिल गरिएको छ।