मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढी प्रभावित चलचित्रकर्मीको विवरण संकलन गर्ने चलचित्र विकास बोर्डको निर्णय

भोटेकोशी बाढीबाट प्रभावित चलचित्रकर्मीको विवरण संकलन गर्ने र राहत उपलब्ध गराउने पहल गर्ने निर्णय चलचित्र विकास बोर्डले गरेको छ। बोर्डले च्यारिटी शो आयोजना गरी संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तयारीसमेत…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढी प्रभावित चलचित्रकर्मीको विवरण संकलन गर्ने चलचित्र विकास बोर्डको निर्णय
Online Khabar

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि चलचित्र विकास बोर्डले बाढी प्रभावित चलचित्रकर्मीको तत्काल विवरण संकलन गर्ने र राहतका लागि पहल गर्ने निर्णय गरेको छ। बोर्डको आकस्मिक बैठकले विपद् सहयोग अभियानमा चलचित्र क्षेत्रलाई परिचालन गर्ने लगायतका पाँच निर्णय गरेको हो।

अध्यक्ष दिनेश डीसीको अध्यक्षतामा बिहीबार बसेको बैठकले बाढीबाट जनधनको क्षति व्यहोरेका चलचित्रकर्मीको विवरण एकीकृत गरी चलचित्र विकास बोर्डमा उपलब्ध गराउन पेशागत संघ–संस्था तथा सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको छ। त्यस्तै, प्रभावित कलाकर्मीलाई चलचित्रकर्मी कल्याणकारी कोषको अवस्था हेरी राहत उपलब्ध गराउने पहल पनि गरिने भएको छ।

बाढीपीडितको सहयोगार्थ बोर्डले च्यारिटी शो आयोजना गर्ने तयारीसमेत गरेको छ। सोका लागि चलचित्रकर्मीका संघ–संस्थालाई चलचित्र उपलब्ध गराउन अनुरोध गर्ने र च्यारिटी शोबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग पुर्‍याउने निर्णय बैठकले गरेको छ।

विपद्को समयमा अनावश्यक भ्रम र तथ्यहीन सूचना फैलिन सक्ने भन्दै बोर्डले चलचित्र क्षेत्रका संघ–संस्थालाई संयमित हुन र उद्धार तथा राहतमा हातेमालो गर्न आग्रह गरेको छ। साथै बोर्डले जनचेतनामूलक सामग्री निर्माण र प्रचारप्रसार गर्न पनि भनेको छ।

यसैबीच, बोर्ड अध्यक्ष डीसीले आफ्नो आधा महिनाको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। उनको कार्यकाल शुक्रबारदेखि समाप्त हुँदै गर्दा जनैपूर्णिमाको बिदाका कारण उनले बिहीबार नै कार्यकालको प्रगति विवरण पेस गरिसकेका छन्।