मुख्य सामग्रीमा जानुहोस्

रसुवा–नुवाकोट बाढीबारे परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी समकक्षी वङबीच टेलिफोन वार्ता

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा गएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङबीच टेलिफोन वार्ता भएको छ। वार्तामा उद्धार तथा राहतबारे छलफल भएको थियो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा–नुवाकोट बाढीबारे परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी समकक्षी वङबीच टेलिफोन वार्ता
Online Khabar

काठमाडौं, १२ भदौ । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा गएको विनाशकारी बाढीबारे नेपाल र अस्ट्रेलियाबीच उच्चस्तरीय टेलिफोन वार्ता भएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङबीच शुक्रबार भएको सो वार्तामा बाढीबाट परेको क्षतिबारे छलफल भएको थियो।

बाढीले गरेको क्षतिपछि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम भइरहेका बेला भएको वार्तामा मन्त्री वङले विपद्बाट भएको मानवीय क्षतिप्रति अस्ट्रेलियाका तर्फबाट दुःख व्यक्त गर्दै नेपालको कठिन परिस्थितिमा सक्दो सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री खनालले अस्ट्रेलिया सरकार तथा त्यहाँका जनताले देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै संकटको घडीमा देखाएको सद्भावका लागि धन्यवाद दिए। उनले प्रभावितको खोज, उद्धार र राहतमा नेपाल सरकारले सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी पनि गराए।