मुख्य सामग्रीमा जानुहोस्

तातोपानी नाका हुँदै सद्गुरु काठमाडौं आइपुगे

कैलाश मानसरोवर यात्रा सकेर फर्किएका सद्गुरु तातोपानी नाका हुँदै काठमाडौं आइपुगेका छन्। रसुवामा गएको बाढीका क्रममा उनकै इशा फाउन्डेशनको यात्रा टोलीका ८० तीर्थयात्री सम्पर्कविहीन भएका थिए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
तातोपानी नाका हुँदै सद्गुरु काठमाडौं आइपुगे
Online Khabar

काठमाडौं, १३ भदौ । कैलाश मानसरोवर यात्रा सकेर फर्किएका आध्यात्मिक गुरु जगदिश वासुदेव (सद्गुरु) तातोपानी नाका हुँदै काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उनलाई आज सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

बाढीका बेला मानसरोवर क्षेत्रमा रहेका सद्गुरु प्रभावित क्षेत्रमा पुगेका थिए । उनकै इशा फाउन्डेशनले सञ्चालन गर्दै आएको कैलाश मानसरोवर यात्राको एक टोली रसुवाको बाढीका क्रममा सम्पर्कविहीन भएको थियो ।

मानसरोवरबाट फर्किने क्रममा नेपाल–चीन सीमाबाट सम्पर्कविहीन भएको सो टोलीमा ८० तीर्थयात्री रहेका थिए । १० भदौको बाढीपछि सार्वजनिक गरिएको भिडियोमा सद्गुरुले सम्पर्कविहीन टोलीका सदस्य र उनीहरूको संख्याबारे जानकारी गराएका थिए ।

उनकाअनुसार सम्पर्कविहीन समूहमा अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स र नेपालसहित २० मुलुकका नागरिक थिए । तीमध्ये ३४ पुरुष र ४६ महिला रहेको उनले बताएका थिए ।