मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढी : तीन दिनपछि उद्धार गरिएका चालकले भने- गाडीभित्रै छन् शव

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ। तीन दिनपछि उद्धार गरिएका धनबहादुर तामाङले टनेलभित्र अझै शव रहेको बताएका छन्। घाइतेको उपचार उपत्यकाका १३ अस्पतालमा भइरहेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढी : तीन दिनपछि उद्धार गरिएका चालकले भने- गाडीभित्रै छन् शव
Online Khabar

भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका बेला सुरुङभित्र फसेका एक चालकलाई तीन दिनपछि नेपाली सेनाले उद्धार गरेको छ। उद्धार गरिएका उनले सुरुङभित्र अझै धेरै शव रहेको बताएका छन्।

उद्धार हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का धनबहादुर तामाङ छन्। उनी सुरुङका चालक हुन्। उनलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशुलीस्थित सैन्य तालिम केन्द्र ल्याइएको छ। बाढीमा परेका केहीलाई भने हेलिकप्टरबाट सिधै काठमाडौं पुर्याइएको छ भने गम्भीर नभएका घाइतेको उपचार सोही केन्द्रमा भइरहेको छ।

बाढी एक्कासि आएको र त्यसपछि आफूलाई केही थाहा नभएको तामाङले बताए। बाढी आएकै दिन आफू सुरुङबाट बाहिर निस्केको, त्यही रात क्याम्पमा बिताएको र नदीको बहाव कम भएपछि माथिल्लो गाउँ गएर बसेको उनले सुनाए। टनेलबाट बढीमा २० जना आफैं बाहिर निस्किएको उनको भनाइ छ। “अहिले पनि गाडीभित्रै शवहरू छन्,” उनले भावुक हुँदै भने। बाँचेकाहरूको उद्धार भइदिए हुन्थ्यो भन्ने आशा पनि उनले व्यक्त गरे।

यही भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङ प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल उपत्यकाका १३ अस्पतालमा बाढीमा परेकाहरूको उपचार भइरहेको छ। नेपाल मेडिकल कलेज, वीरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल, मनमोहन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, ग्रिनसिटी अस्पताल, वीर अस्पताल, नर्भिक अस्पताल, मनमैजु शुभम् अस्पताल, ग्राण्डी अस्पताल, हेम्स अस्पताल, प्रसूती गृह र एपीएफ अस्पतालमा उपचार जारी रहेको प्राधिकरणले जनाएको छ।

यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि उत्खनन जारी रहेको बताएको छ। कार्यालयका अनुसार हालसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालित रहेको जनाइएको छ।