काठमाडौं, अगस्ट ३० — नेपाली बजारमा सुनको मूल्य आइतबार प्रति तोला ९ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुन तथा चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुन प्रति तोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुन प्रति तोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारको गिरावटसँगै सुनको मूल्य शुक्रबारको तुलनामा ९ हजार ५ सय रुपैयाँले सस्तो भएको हो।
यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रति तोला १८५ रुपैयाँले घटेको छ। चाँदी अहिले प्रति तोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रति तोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुन तथा चाँदी व्यवसायी महासंघले यी मूल्यहरू सार्वजनिक गरेको हो।







