मुख्य सामग्रीमा जानुहोस्

रसुवाको बाढी–पहिरोमा मकवानपुरका पाँच जनाको मृत्यु, ६१ बेपत्ता

रसुवामा आएको बाढी र पहिरोका कारण मकवानपुरका पाँच जनाको मृत्यु भएको छ भने ६१ जना बेपत्ता छन्। हेटौंडा उप–महानगरपालिकाका २३ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Thehimalayantimes
रसुवाको बाढी–पहिरोमा मकवानपुरका पाँच जनाको मृत्यु, ६१ बेपत्ता
Thehimalayantimes

रसुवामा आएको विनाशकारी बाढी र पहिरोमा मकवानपुरका पाँच जनाको मृत्यु भएको छ भने ६१ जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार विपद्प्रभावित क्षेत्रबाट मकवानपुरका छ जनाको उद्धार गरिएको छ भने अन्य छ जना सुरुङभित्र थुनिएका छन्।

मृत्यु हुनेमा हेटौंडा–१५ का सुमन गोले र रमेश मगर, हेटौंडा–५ का उद्धव खड्का, हेटौंडा–१२ का विकास गोले तथा मूल थलो धादिङ भई हाल मकवानपुर बसोबास गर्ने रमेश आले मगर रहेको प्रशासनले जनाएको छ।

उद्धार गरिएकामा सन्त बहादुर स्याङ्तान, दिल बहादुर स्याङ्बो, भीमलाल पहाडी, सागर पहाडी, अभिषेक पहाडी र तारा बहादुर राना मगर छन्।

हालसम्म बेपत्ता रहेका ६१ जनामध्ये हेटौंडा उप–महानगरपालिकाका २३, थाहा नगरपालिकाका १९, मनहरी गाउँपालिकाका पाँच र भीमफेदी गाउँपालिकाका तीन जना छन्। अन्य स्थानीय तहका आठ जना बेपत्ता भएका छन् भने सात जनाको ठेगाना खुल्न नसकेको प्रशासनले बताएको छ।

बेपत्ता हुनेमा हेटौंडाका विभिन्न वडाका बासिन्दा तथा कामका लागि रसुवा पुगेका व्यक्ति रहेका छन्। कतिपय परिवारले आफन्तसँग फोन सम्पर्क हुन नसकेको जानकारी दिएका छन् भने केहीसँगको अन्तिम सम्पर्क विपद्प्रभावित क्षेत्रबाट भएको बताइएको छ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि काम जारी रहेको प्रशासनले जनाएको छ।