बैतडी, १६ भदौ । नेपाल–भारत जोड्ने सीमानाका बैतडीको झुलाघाट क्षेत्र लगातार परेको वर्षाका कारण पहिरोको उच्च जोखिममा परेको छ। झुलाघाट बजार नजिकैको सडक खण्डबाट गएरातिदेखि नै पहिरो खसिरहेको स्थानीयवासीले बताएका छन्।
लगातार पहिरो खसिरहेकाले बजार क्षेत्र र सडक दुवै उच्च जोखिममा रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मीना अर्यालले जानकारी दिएकी छन्। पहिरोको जोखिम बढ्दो अवस्थामा रहेकाले आवतजावतमा सहजता ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताइन्।
वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम थप बढ्न सक्ने भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।







