मुख्य सामग्रीमा जानुहोस्

काठमाडौं विश्वविद्यालयको नयाँ रजिस्ट्रारमा विराजसिंह थापा नियुक्त

काठमाडौं विश्वविद्यालयको नयाँ रजिस्ट्रारमा विराजसिंह थापा नियुक्त भएका छन्। उनी २२ वर्षदेखि केयूमा अध्यापनरत छन् र नर्वेबाट जलविद्युत्सम्बन्धी विद्यावारिधि गरेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
काठमाडौं विश्वविद्यालयको नयाँ रजिस्ट्रारमा विराजसिंह थापा नियुक्त
eKantipur

काठमाडौं विश्वविद्यालय (केयू) को रजिस्ट्रार पदको जिम्मेवारी विराजसिंह थापाले पाएका छन्। सहकुलपति तथा शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री तथा कुलपति वालेन्द्र शाहले थापालाई सो पदमा नियुक्त गरेका हुन्।

उपकुलपति विवेक बरालको सिफारिसमा सहप्राध्यापक थापालाई रजिस्ट्रार बनाइएको हो। नियुक्तिपछि शिक्षा मन्त्रालयमा सम्पन्न कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोही अवसरमा शिक्षामन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टीको मोडेलमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

थापा विगत २२ वर्षदेखि काठमाडौं विश्वविद्यालयमा पढाउँदै आएका हुन्। उनले नर्वेबाट जलविद्युत्सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्।

यसअघि तत्कालीन रजिस्ट्रार राजीव श्रेष्ठ १९ वैशाखमा अध्यादेशमार्फत पदमुक्त भएपछि नयाँ रजिस्ट्रार नियुक्तिको प्रक्रिया थालिएको थियो।