मुख्य सामग्रीमा जानुहोस्

बारपाक सुलिकोट गाउँपालिकाद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २८ लाख ५९ हजार सहयोग

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि २८ लाख ५९ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाका ६ जना सम्पर्कविहीनको परिवारलाई ३५ हजार रुपैयाँ नगद दिइने जनाइएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
बारपाक सुलिकोट गाउँपालिकाद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २८ लाख ५९ हजार सहयोग
eKantipur

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि २८ लाख ५९ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीको तहगत पारिश्रमिक रकम राहत कोषमा जम्मा गरिने जनाइएको छ।

गाउँपालिका अध्यक्ष विष्णु भट्टका अनुसार अध्यक्ष र उपाध्यक्षले ७ दिनको तथा अन्य सबै जनप्रतिनिधिले ५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्नेछन्। कर्मचारीतर्फ अधिकृत स्तरका कर्मचारीको ७ दिन, सहायक स्तरका कर्मचारीको ५ दिन र श्रेणीविहीन कर्मचारीको २ दिनको पारिश्रमिक समेत सोही कोषमा जम्मा हुनेछ।

यस्तै, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हकमा तोकिएअनुसार ७, ५ र २ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ। विद्यालय सहायक, बालविकास सहजकर्ता, सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता र विद्यालय सहयोगीहरूले २ दिनको पारिश्रमिक रकम जम्मा गर्नेछन्।

भोटेकोशी बाढीपछि बारपाक सुलिकोट गाउँपालिकाका ६ जना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोज तथा उद्धारमा समन्वय भइरहेको गाउँपालिकाले बताएको छ। सोही क्रममा गाउँपालिकाले सम्पर्कविहीन नागरिकको परिवारलाई ३५ हजार रुपैयाँ नगद उपलब्ध गराउने भएको छ।