मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी–त्रिशुली बाढीपीडितका लागि महालक्ष्मी विकास बैंकद्वारा ५१ लाख सहयोग

भोटेकोशी–त्रिशुली बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै महालक्ष्मी विकास बैंकले उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंक तथा कर्मचारीको तर्फबाट एक दिन बराबरको पारिश्रमिकसमेत समेटेर सो रकम जुटाइएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
भोटेकोशी–त्रिशुली बाढीपीडितका लागि महालक्ष्मी विकास बैंकद्वारा ५१ लाख सहयोग
eKantipur

काठमाडौँ — महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशुली नदीको बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका अनुसार आफ्नो तर्फबाट तथा कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिक जोडेर यो रकम उद्धार कोषमा प्रदान गरिएको हो। राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सो रकम दिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको विज्ञप्तिमा विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार र पुनःस्थापनाका प्रयासहरूमा सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।