मुख्य सामग्रीमा जानुहोस्

अन्डाको फार्म समर्थन मूल्य अहिलेसम्मकै उच्च, एक्सएल प्रतिक्रेट ६०५ रुपैयाँ

नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म समर्थन मूल्य बढाएको छ। एक्सएलको प्रतिक्रेट मूल्य ६०५, ठूलोको ५९० र मिडियमको ५५० रुपैयाँ पुगेको छ। सानो अन्डाको भाउ भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँमै यथावत राखिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
अन्डाको फार्म समर्थन मूल्य अहिलेसम्मकै उच्च, एक्सएल प्रतिक्रेट ६०५ रुपैयाँ
eKantipur

नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म समर्थन मूल्य अहिलेसम्मकै उच्च दरमा पुर्‍याएको छ। भदौ १८ गते बसेको संघको बैठकले उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा मूल्य निर्धारण गर्दै नयाँ दर सार्वजनिक गरेको हो। नयाँ मूल्य शुक्रबारदेखि लागू हुने संघले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अन्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट ६०५ रुपैयाँ तोकिएको छ। यस्तै, ठूलो अन्डाको ५९० र मिडियम अन्डाको ५५० रुपैयाँ प्रतिक्रेट कायम गरिएको छ। एक्सएल, ठूलो र मिडियम गरी तीन आकारकै भाउ अघिल्लो तुलनामा प्रतिक्रेट १५ रुपैयाँले बढेको हो।

संघले सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँमै यथावत राखेको छ। यसअघि भदौ ४ गते तोकिएको मूल्यअनुसार एक्सएल अन्डा प्रतिक्रेट ५९० रुपैयाँ र मिडियम अन्डा प्रतिक्रेट ५३५ रुपैयाँमा कारोबार भइरहेको थियो।

संघले उपभोक्ता मूल्य पनि तोकेको छ, जसअनुसार ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा दुईवटा ४५ रुपैयाँ कायम गरिएको छ। उत्पादक, संकलनकर्ता तथा थोक र खुद्रा व्यवसायीलाई तोकिएकै समर्थन मूल्यमा कारोबार गर्न पनि संघले आग्रह गरेको छ।

अन्डाको मूल्य पछिल्लो समय पटक-पटक बढे पनि किसानले भने उत्पादक मूल्य पाउन नसकेको कुखुरापालक संघको दाबी छ।