मुख्य सामग्रीमा जानुहोस्

देवीघाटको त्रिशूली नदीमा बेलीब्रिज जडान गर्दै नेपाली सेना

नुवाकोटको देवीघाटस्थित त्रिशूली नदीमाथि नेपाली सेनाले बेलीब्रिज बनाउन थालेको छ । भदौ १० गतेको बाढीले पक्की पुल बगाएपछि आवागमन सहज बनाउन अस्थायी पुल निर्माण थालिएको हो ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

नुवाकोटको देवीघाटस्थित त्रिशूली नदीमा नेपाली सेनाले बेलीब्रिज निर्माण थालेको छ । गत भदौ १० गतेको बाढीले उक्त क्षेत्रको पक्की मोटरेबल पुल बगाएपछि आवागमन व्यवस्थित बनाउन अस्थायी पुल तयार गर्न थालिएको हो ।

सेनाको इन्जिनियरिङ फौजले शनिबार त्रिशूली नदीमाथि बेलीब्रिज जडानको काम अघि बढाएको छ । अस्थायी पुलको काम सम्पन्न भएपछि देवीघाट तथा आसपासका स्थानीय बासिन्दाको आवतजावत सहज हुनेछ ।