मुख्य सामग्रीमा जानुहोस्

उपचार र फलोअपकै चरणमा जेन–जीको प्रश्न : हाम्रो भविष्य कहिले बदलिन्छ ?

सिनामंगलमा उपचाररत दौलत थापाको आईसीयूमा उपचार भइरहेको छ, तर सुधार देखिएको छैन । राकेश महतो फिजियोथेरापीमा छन् भने रवि भण्डारी उपचार खर्चको जोहोमा छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
उपचार र फलोअपकै चरणमा जेन–जीको प्रश्न : हाम्रो भविष्य कहिले बदलिन्छ ?
eKantipur

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं मेडिकल कलेज, सिनामंगलमा एक जना जेन–जी घाइते अझै उपचाररत छन् । उनको नाम दौलत थापा हो । मन्त्रालयका अतिरिक्त सचिव श्रेष्ठले थापा अझै कोमामा रहेको र आईसीयूमा उपचार हुँदा पनि सुधार नदेखिएको बताएका छन् ।

यस्तै, राकेश महतो स्पार्क हेल्प केयरमा नियमित फिजियोथेरापी गराइरहेको श्रेष्ठले जानकारी दिए । कतिपय घाइते भने यति विरक्तिएका छन् कि उनीहरू ज्यान गुमाउने सूचीमा किन नपरेको भन्नेसम्म सोच्न थालेका छन् ।

त्यस्तै विरक्तिको अवस्थाबाट गुज्रिरहेका छन् सिन्धुलीका २९ वर्षीय रवि भण्डारी । खुट्टामा गोली लागेका उनी लोकन्थलीको डेरामा आराम गर्दै अस्पतालको फलोअपको दिन कुरिरहेका छन् । उनी आफैंलाई प्रश्न गर्छन्– खुट्टामा लागेको गोली छातीमा किन लागेन ? बीएन्डबी अस्पतालमा उपचार भएका भण्डारीलाई अस्पताल प्रशासनले अब पैसा लाग्ने बताइसकेको छ । फलोअपमा जाने बेला ‘पैसा कसरी खोज्ने ?’ भन्ने चिन्ताले उनलाई सताउने गरेको छ ।

निजी अस्पतालको उपचार खर्च महँगो हुने भएकाले सरकारी अस्पताललाई प्राथमिकता दिइएको अतिरिक्त सचिव श्रेष्ठको भनाइ छ । निजी अस्पतालमा गरिएको उपचारको रकम तिर्न सरकारलाई कठिन हुने उनले बताए । केही घाइते निजी अस्पतालमा उपचाररत रहेकाले सो विषयमा समेत विचार भइरहेको उनको भनाइ छ ।

उपचार, फलोअप र खर्चकै दैनिकीमा रुमल्लिएका जेन–जी घाइतेहरूको प्रश्न भने उस्तै छ : हाम्रो भविष्य कहिले बदलिन्छ ?