मुख्य सामग्रीमा जानुहोस्

भदौ २३ : राष्ट्रको छातीमा खिल बनेर बसेको दिन, रिजालद्वारा श्रद्धाञ्जली

मंगलबार सामाजिक सञ्जालमार्फत रिजालले सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शन हिंसात्मक बन्दै १९ युवाको ज्यान गएको बताए। सत्ताका लागि बलिदानको राजनीति गर्नेहरूले नै ती युवालाई बिर्सिएको उनको टिप्पणी छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भदौ २३ : राष्ट्रको छातीमा खिल बनेर बसेको दिन, रिजालद्वारा श्रद्धाञ्जली
Nagariknetwork

नेकपा एमालेका नेता विष्णु रिजालले गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनलाई ‘राष्ट्रको छातीमा खिल बनेर बसेको दिन’ भन्ने अर्थमा व्याख्या गरेका छन्। उनले सो दिन भएको मानवीय क्षतिलाई सम्झँदै त्यसप्रति गहिरो संवेदना व्यक्त गरेका हुन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै रिजालले सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको र केही मिनेटकै अवधिमा १९ जना युवाले ज्यान गुमाएको स्मरण गरे। उनका अनुसार आन्दोलनका क्रममा राष्ट्रका धरोहरमा समेत आगजनी भएको थियो।

प्रदर्शनकारीहरू संयमित हुन नसकेको र सरकार पनि विवेकयुक्त ढंगले अगाडि नबढेको उनको भनाइ छ। नेतृत्व हातबाट गए पनि राज्यसत्ता खाली नरहने तर ज्यान गुमाएका युवाहरूका आमाको काख भने कहिल्यै भरिन नसक्ने रिजालले बताए।

आन्दोलनका क्रममा ज्यान गुमाएका निर्दोष युवाहरूको बलिदानलाई सत्तामा पुग्ने सोपान बनाउनेहरूले नै उनीहरूलाई बिर्सिएको रिजालको टिप्पणी छ। ती अवोध युवालाई भर्याङ बनाएर सत्ता हाँसिल गर्नेहरूले उनीहरूलाई नसम्झिएको उनले उल्लेख गरे।