श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी शहीद दिवसको अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शहीदको चाहनाअनुसारको सुशासन भने अझै स्थापित हुन नसकेको बताएका छन्।
आज जेनजी आन्दोलन सुरु भएको एक वर्ष पुगेको दिन भएको स्मरण गर्दै अध्यक्ष साम्पाङले विभिन्न व्यक्तिले आन्दोलनका क्रममा ज्यान गुमाएकाले उनीहरूलाई सम्झँदै श्रद्धाञ्जली दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले यी कुराहरू राखेका हुन्।
साम्पाङका अनुसार शहीदले चाहेजस्तो सरकार बने पनि उनीहरूले अपेक्षा गरेजस्तो सुशासन कायम हुन सकेको छैन। साथै देशको माटो र आफ्नै स्वतन्त्रता जोगाउन गरिएको त्यो आन्दोलनको मर्म र उद्देश्य भने एक दिन अवश्य साकार हुने विश्वास उनले व्यक्त गरेका छन्।
जेनजी शहीद दिवसका अवसरमा साम्पाङले आफ्नो सन्देशमार्फत सबै शहीदलाई नमन गर्दै उनीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।







