मुख्य सामग्रीमा जानुहोस्

‘जेनजी’ सहिद दिवस आज : देशभर सार्वजनिक बिदा

आज ‘जेनजी’ सहिद दिवस मनाइँदैछ। गत वर्षको भदौ २३ को आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। सोही आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका सम्झनामा आज…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
‘जेनजी’ सहिद दिवस आज : देशभर सार्वजनिक बिदा
Nagariknetwork

आज ‘जेनजी’ सहिद दिवस मनाइँदैछ। सोही अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

गत वर्ष भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलनले नेपालको राजनीतिमा उथलपुथल ल्याएको थियो। आन्दोलनकै परिणामस्वरूप तत्कालीन सरकार विघटन भयो। सोही क्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना र सम्मानमा आजको दिन समर्पित गरिएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।