मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको रु ३ लाख ६७ हजार बराबरको सहयोग

चितवनको कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितका लागि सहयोग जुटाएका छन्। उनीहरूले सङ्कलन गरेको नगद र श्रमदानबाट रु तीन लाख ६७ हजार ३६ बराबरका सामग्री तयार पारी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको रु ३ लाख ६७ हजार बराबरको सहयोग
Nagariknetwork

चितवनको कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूका लागि आर्थिक सङ्कलन र श्रमदान गरी सहयोग गरेका छन्। सोमबार कारागार परिसरभित्रै उनीहरूले तयार पारेका बन्दोबस्तीका सामग्री प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरेका हुन्।

कैदीबन्दीले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काहियो १२५ सेटका दरले उपलब्ध गराएका छन्। कैदीबन्दीबाट रु १०० देखि रु दुई हजारसम्म नगद सङ्कलन गरिएको थियो। सोही रकमबाट रु तीन लाख ६७ हजार ३६ बराबरका सामग्री खरिद गरिएको र डसना तथा सिरानी भने कारागार परिसरमै निर्माण गरिएको बताइएको छ।

सामग्री हस्तान्तरणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेका व्यक्तिहरूबाट भएको यो सहयोग उदाहरणीय र नमुना किसिमको भएको बताए।

चितवन कारागारमा हाल ७५० कैदीबन्दी रहेका छन्। तीमध्ये ७०८ पुरुष र ४२ महिला रहेका छन्।