मुख्य सामग्रीमा जानुहोस्

भदौ २३–२४ का घटना नेपालको इतिहासकै ‘कालो अध्याय’ भएको एमालेको ठहर

नेकपा (एमाले) ले गत वर्ष भदौ २३ र २४ गते सरकारी भवन, अदालत र दलका कार्यालयमा भएका आक्रमणलाई इतिहासकै ‘कालो अध्याय’ करार गरेको छ। पार्टीले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भदौ २३–२४ का घटना नेपालको इतिहासकै ‘कालो अध्याय’ भएको एमालेको ठहर
Nagariknetwork

गत वर्ष भदौ २३ र २४ गते देशका प्रमुख सरकारी भवन, अदालत र राजनीतिक दलका कार्यालयमा भएका आक्रमणलाई नेकपा (एमाले) ले नेपालको इतिहासकै ‘कालो अध्याय’ का रूपमा व्याख्या गरेको छ। बुधबार प्रेस वक्तव्य जारी गर्दै एमालेले ती घटना नेपालको लोकतन्त्र, राष्ट्रियता र अर्थतन्त्रविरुद्ध गरिएको ठूलो आक्रमण भएको जनाएको छ।

एमालेले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आक्रमणलाई इतिहासकै ‘कालो अध्याय’ करार गरेको छ। वक्तव्यमा घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरिएको छ।

शान्तिपूर्ण प्रदर्शनका नाममा भएको आन्दोलनमा आपराधिक समूहले घुसपैठ गरी त्यसलाई हिंसात्मक र अराजक बनाएको दाबी एमालेले गरेको छ। यसले आन्दोलनको मूल स्वरूपमै प्रश्न उठाएको पार्टीको भनाइ छ।

प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट १९ जना युवाको ज्यान गएको घटनालाई एमालेले दुःखद भनेको छ । तर, त्यसको भोलिपल्ट भएका आगजनी, तोडफोड र आक्रमणलाई केवल तत्कालीन आक्रोशको रूपमा बुझ्न नहुने उसको भनाइ छ। एमालेले यी घटनाप्रति गम्भीर भई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।