मुख्य सामग्रीमा जानुहोस्

बुधबार सुन तीन हजार र चाँदी ४० रुपैयाँले घट्यो

नेपाली सुनचाँदी बजारमा बुधबार दुवै धातुको मूल्य घटेको छ। महासंघका अनुसार सुन प्रतितोला ३ हजार रुपैयाँले घटेर तीन लाख दुई हजार चार सय रुपैयाँ पुगेको छ, भने चाँदी ४० रुपैयाँले घटेर चार हजार सात सय ५० रुपैयाँ कायम भएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
बुधबार सुन तीन हजार र चाँदी ४० रुपैयाँले घट्यो
Nagariknetwork

नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सुन प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।

महासंघका अनुसार यो घटावसँगै बुधबार सुन प्रतितोला तीन लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर चार हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।