मुख्य सामग्रीमा जानुहोस्

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड रुपैयाँ संकलित

गत भदौ १० गते रसुवामा आएको बाढीपछि सरकारले राहतका लागि सार्वजनिक आह्वान गरेको थियो। सो आह्वानपछि स्वदेश तथा विदेशबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा भएको हो। कोषबाट हालसम्म एक अर्ब रुपैयाँ निकासा भइसकेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड रुपैयाँ संकलित
Nagariknetwork

प्रधानमन्त्री राहत कोषमा हाल कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि गरिएको सार्वजनिक आह्वानसँगै स्वदेश र विदेशबाट संकलन भएर यो रकम कोषमा दाखिला भएको हो।

प्रधानमन्त्री कार्यालयले दिएको विवरणअनुसार कोषमा जम्मा भएको रकममध्ये नौ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ। त्यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर रहेको कार्यालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। भोटेकोशी बाढीपछि राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउन सरकारले आह्वान गरेसँगै विभिन्न संस्था तथा व्यक्तिहरूले कोषमा सहयोग जम्मा गर्दै आएका छन्।