प्रतिनिधिसभाको अर्थ समितिले रसुवाबाढीका कारण अर्थतन्त्रमा परेको असर र जलवायु वित्तसम्बन्धी विषयको अध्ययन तथा विश्लेषण गर्न सात सदस्य रहेको उपसमिति बनाएको छ।
सिंहदरबारमा बुधबार बसेको अर्थ समितिको बैठकले सांसद सुशिल खड्कालाई उपसमितिको संयोजक तोकेको हो। उपसमितिमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्यका रूपमा छन्।
अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले उपसमितिलाई रसुवाबाढीसँग सम्बन्धित विषय तथा जलवायु वित्तको अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश दिइएको बताए।







