मुख्य सामग्रीमा जानुहोस्

ग्यास अभावबीच काठमाडौं उपत्यकामा सिलिन्डर साटासाट गरेर बिक्री गर्न मन्त्री यादवको निर्देशन

ग्यासको अभावलाई ध्यानमा राख्दै मन्त्री गौरीकुमारी यादवले काठमाडौं उपत्यकाभित्र कुनै पनि कम्पनीको सिलिन्डर भए पनि साटासाट गरेर ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन्। उपभोक्तालाई अनावश्यक दुःख दिने वा कृत्रिम अभाव सिर्जना…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
ग्यास अभावबीच काठमाडौं उपत्यकामा सिलिन्डर साटासाट गरेर बिक्री गर्न मन्त्री यादवको निर्देशन
Nagariknetwork

ग्यासको अभावलाई ध्यानमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले काठमाडौं उपत्यकाभित्र कुनै पनि कम्पनीको सिलिन्डर भए पनि साटासाट गरेर ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

मन्त्री यादवको सचिवालयले दिएको जानकारीअनुसार उपत्यकाभित्र एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास दिने व्यवस्था गरिनेछ। सोही व्यवस्था कार्यान्वयन गर्न आवश्यक प्रबन्ध मिलाउन मन्त्रीले निर्देशन दिएकी हुन्।

यस्तै, उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने तथा निर्देशनविपरीत काम गर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी पनि मन्त्री यादवले दिएकी छन्।