मुख्य सामग्रीमा जानुहोस्

अभाव र महँगीबाट नागरिक जोगाउन सरकारसँग रास्वपा सांसद आचार्यको माग

सत्तारूढ रास्वपाकी सांसद लिमा अधिकारी आचार्यले नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन सरकारसँग माग गरेकी छन् । बन्द नाका र अवरुद्ध राजमार्गका कारण चाडबाडकै बेला उपभोग्य वस्तुको मूल्य बढ्ने उनको चेतावनी छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
अभाव र महँगीबाट नागरिक जोगाउन सरकारसँग रास्वपा सांसद आचार्यको माग
Online Khabar

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको जारी बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो माग राखेकी हुन् ।

सम्बन्धित मन्त्रालयहरूबीच तत्काल समन्वय गर्न, राजमार्ग तथा नाकाहरू युद्धस्तरमा खोल्न र आपूर्तिलाई सहज बनाउन उनले सरकारसँग आग्रह गरिन् । जनता विपत्तिमा परेको उल्लेख गर्दै उनले सरकारले बेलैमा ध्यान नदिए इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव हुने बताइन् ।

तातोपानी र रसुवागढी नाका बन्द रहेको तथा बीपी राजमार्ग छिन्नभिन्न अवस्थामा पुगेको र पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध रहेको उनले जानकारी दिइन् । यही अवस्था कायम रहे चाडबाडकै समयमा उपभोग्य वस्तुको भाउ आकासिने उनको भनाइ छ ।

वैकल्पिक मार्गमा उच्च ढुवानी लागत

वैकल्पिक नाकाका रूपमा रहेको कोरलातर्फको भौगोलिक दूरी र जीर्ण सडकका कारण ढुवानी लागत पाँच गुणभन्दा बढी महँगो परेको सांसद अधिकारीले बताइन् । यसले आपूर्ति व्यवस्थापनमा थप दबाब पर्ने उनको आकलन छ ।

कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिको असर गरिब नागरिकमाथि पर्ने उनले औंल्याइन् । आपूर्ति शृंखला सहज नबनाइए अत्यावश्यक वस्तुको अभाव चुलिने उनको चेतावनी छ ।