मुख्य सामग्रीमा जानुहोस्

राजविराजमा फुटपाथमै सुत्केरी हुनुपरेको घटना संसद्मा, सांसद ठाकुरले भनिन्– भयानक र कारुणिक कथा

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि एक महिलाले फुटपाथमै बच्चा जन्माउनुपरेको घटना संसद्मा उठेको छ । सांसद अंकिता ठाकुरले यसलाई भयानक र कारुणिक भन्दै पैसाले आशा र प्राण निर्धारण गर्ने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
राजविराजमा फुटपाथमै सुत्केरी हुनुपरेको घटना संसद्मा, सांसद ठाकुरले भनिन्– भयानक र कारुणिक कथा
Online Khabar

काठमाडौं । पैसा नभएका कारण अस्पतालले भर्ना नलिएपछि एक महिलाले फुटपाथमै बच्चा जन्माउनुपरेको घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अंकिता ठाकुरले भयानक र कारुणिक भनेकी छन् ।

संसद्मा बोल्दै उनले आफू भाषण गर्न नभई राज्य प्रणालीले नै लेखेको कथा सुनाउन उभिएको बताइन् । पैसाले मानिसको आशा र प्राण निर्धारण गर्ने स्थिति आउँदा अस्पताल अस्पताल नरही सौदाबाजीको पसल बन्न पुग्ने उनको भनाइ थियो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै शिशु जन्माएको घटनाबारे जानकारी गराउँदै सांसद ठाकुरले संसद्मा यस्तो टिप्पणी गरेकी हुन् ।

राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा अभावकै कारण फुटपाथमा सुत्केरी हुनुपरेको थियो । उनीसँग जम्मा दुई हजार पाँच सय रुपैयाँ मात्रै रहेकाले अस्पतालले भर्ना नगरेको सांसद ठाकुरले संसद्मा जानकारी गराइन् ।

यही विषय अर्का सांसद खगेन्द्र कर्णले पनि संसद्मा उठाएका छन् । उनले यसबारे सरकारसँग जवाफ मागेका छन् ।