मुख्य सामग्रीमा जानुहोस्

रोजेको 'न्यू ट्रिक' को म्युजिक भिडियो आईफोन १८ प्रोबाट खिचियो, एप्पलसँग सहकार्य

के-पप ब्यान्ड ब्ल्याकपिंककी रोजेले आगामी गीत 'न्यू ट्रिक' का लागि एप्पलसँग सहकार्य गरेकी छन् । उनको एजेन्सी 'द ब्ल्याक लेबल'का अनुसार गीतको म्युजिक भिडियो आईफोन १८ प्रोबाट खिचिएको छ । भिडियो अमेरिकी निर्देशक डेभ मेयर्सको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रोजेको 'न्यू ट्रिक' को म्युजिक भिडियो आईफोन १८ प्रोबाट खिचियो, एप्पलसँग सहकार्य
Online Khabar

सोल — के-पप ब्यान्ड 'ब्ल्याकपिंक' की रोजेले आफ्नो आगामी गीत 'न्यू ट्रिक' का लागि एप्पलसँग सहकार्य गरेकी छन् । गीतको म्युजिक भिडियो आईफोन १८ प्रोबाट खिचिएको उनको एजेन्सी 'द ब्ल्याक लेबल' ले जनाएको छ ।

भिडियो एप्पलको 'सट अन आइफोन' अभियानअन्तर्गत तयार पारिएको हो । यसको निर्देशन अमेरिकी निर्देशक डेभ मेयर्सले गरेका छन् । यसअघि उनले ब्ल्याकपिंकको सन् २०२५ मा चार्टको शीर्ष स्थानमा पुगेको गीत 'जम्प' को म्युजिक भिडियो पनि निर्देशन गरेका थिए ।

२९ वर्षीया रोजेले सेप्टेम्बर १० मा इन्स्टाग्राममार्फत् म्युजिक भिडियोको टिजर सार्वजनिक गरेकी छन् । टिजरमा उनी बैजनी रङको ललिपपसहित देखिएकी छन्, जसमा 'न्यू ट्रिक' र 'सट अन आइफोन १८ प्रो' उल्लेख गरिएको छ ।

न्यूयोर्कमा मे महिनामा आयोजित मेट गालाको केही दिनपछि यो गीत लेखिएको थियो । भोगसँगको कुराकानीमा रोजेले आफ्नो एल्बम 'रोजी' मा समेटिएका उदास भावका गीतभन्दा 'न्यू ट्रिक' फरक रहेको बताएकी छन् ।

उनका अनुसार उनीहरूले उदास नभएको गीत लेख्न सफल भएका छन् र यो आफूहरूले सँगै बनाएको सम्भवतः सबैभन्दा क्युट गीत हो । सायद 'एपीटी' नै सबैभन्दा क्युट हुन सक्ने भन्दै त्यसबारे निर्णय भने श्रोताले गर्न सक्ने उनको भनाइ छ ।

'न्यू ट्रिक' को पूर्ण गीत आगामी सेप्टेम्बर १८ मा दक्षिण कोरियामा सार्वजनिक हुनेछ ।