मुख्य सामग्रीमा जानुहोस्

सडक पेटीमा बबिताको सुत्केरी घटनामा खुश्बु ओलीको प्रश्न : प्रधानमन्त्रीको नारा कार्यान्वयन कहाँ पुग्यो ?

राजविराज नगरपालिका–१४ पर्साकी बबिता पासवानले उपचारका लागि पैसा जोहो गर्न नसक्दा सडक पेटीमै बच्चा जन्माउनुपरेको घटना प्रतिनिधिसभामा उठेको छ । राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले चुनावका बेलाको नारा सम्झाउँदै सरकारको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सडक पेटीमा बबिताको सुत्केरी घटनामा खुश्बु ओलीको प्रश्न : प्रधानमन्त्रीको नारा कार्यान्वयन कहाँ पुग्यो ?
Online Khabar

काठमाडौं । राजविराज नगरपालिका–१४ पर्साकी बबिता पासवानले उपचारका लागि अस्पताल पुग्दा सडक पेटीमै बच्चा जन्माउनुपरेको घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गरेकी छन् ।

बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री बालेनले निर्वाचनका बेला 'गोजीमा पैसा नहुनुले उपचार पाउनुपर्छ' भन्ने विषयलाई आफ्नो चुनावी नारा बनाएको स्मरण गराइन् र त्यसको कार्यान्वयन पक्षमाथि प्रश्न उठाइन् ।

पासवानका श्रीमानसँग दुई हजार रुपैयाँ मात्र रहेको र थप एक हजार दुई सय रुपैयाँको जोहो गर्न नसकेपछि पैसा खोज्न निस्किएका बेला उनले अस्पतालको पेटीमा बच्चा जन्माउनुपरेको ओलीले बताइन् । यही प्रसंग जोड्दै उनले प्रधानमन्त्रीको घोषित एजेन्डा कार्यान्वयनको अवस्थाबारे जवाफ खोजिन् ।

‘म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु– तपाईंले घोषणा गर्नुभएको एजेण्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ ?’

सडक पेटीमै सुत्केरी हुनुपरेको घटनाबारे उनले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग जवाफ माग गरेकी छन् ।

अन्य सांसदको पनि प्रश्न

यो विषयमा प्रतिनिधिसभाका अन्य सांसदहरूले पनि सरकारसँग जवाफ मागेका छन् । उनीहरूले बबिता पासवानले सडकमै बच्चा जन्माउनुपरेको घटनालाई गम्भीर रूपमा लिँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।