धनगढी । कैलालीमा आफ्नै ६ वर्षीया नाबालिका छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक ७२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति गौरीगंगा नगरपालिकाका हुन्।
प्रहरीमा दर्ता भएको उजुरीअनुसार ती व्यक्तिले आफ्नै छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेका थिए। उजुरीका आधारमा इलाका प्रहरी कार्यालयले बुधबार साँझ उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटना सार्वजनिक भएपछि आरोपित फरार भएका थिए। प्रहरीका अनुसार भारततर्फ भाग्न लागेको अवस्थामा त्रिनगर क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो।







