मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढी: १,५४५ जनाको उद्धार, उपचाररत र डिस्चार्ज ८४

रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि उद्धार गरिएकाहरूमध्ये रसुवाबाट ६४४, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जना छन्। बाढी प्रभावितको उद्धार तथा सहयोगका लागि ४,३४८ जना प्रहरी परिचालन गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढी: १,५४५ जनाको उद्धार, उपचाररत र डिस्चार्ज ८४
Online Khabar

काठमाडौं, भदौ १२ गते । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार गर्ने क्रममा नेपाल प्रहरीले शुक्रबार बिहानसम्म १,५४५ जनालाई सुरक्षित निकालेको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६४४, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावितको उद्धार तथा सहयोगका लागि चार हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ। शुक्रबार बिहान ७ बजेसम्मको तथ्याङ्कअनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका र उपचारपछि डिस्चार्ज भएकाहरूको सङ्ख्या ८४ पुगेको छ।

बाढी प्रभावितमध्ये ४७९ जनाको पत्ता लागेको प्रहरीले जनाएको छ। बाढीपछि २८ जना प्रहरी कर्मचारी भने अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्।