मुख्य सामग्रीमा जानुहोस्

वैकल्पिक मार्ग खुलेसँगै रसुवा सडक सञ्जालमा फर्कियो

बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा जिल्ला सडक सञ्जालमा फर्किएको छ। भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा ल्याएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
वैकल्पिक मार्ग खुलेसँगै रसुवा सडक सञ्जालमा फर्कियो
Online Khabar

काठमाडौं, १२ भदौ । बाढीको सबैभन्दा धेरै मारमा परेको रसुवा जिल्ला पुनः सडक सञ्जालसँग जोडिएको छ। भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्डलाई चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी खुलाएको छ।

बाढीका कारण मितेरीपुलतर्फ रसुवाभित्रका १३ वटा पुल पूर्ण रूपमा बगिएका थिए। नुवाकोट–रसुवा सीमानाका दुई पुल पनि बगेपछि रसुवा सडक सञ्जालबाट विच्छेद भएको थियो।

यो वैकल्पिक मार्ग खुलेसँगै रसुवा जिल्ला पुनः काठमाडौंसँग जोडिएको मन्त्रालयले जनाएको छ।