मुख्य सामग्रीमा जानुहोस्

नेपालतर्फको हिमनदी भत्किएर विपत्ति आएको चिनियाँ विदेश मन्त्रालयको भनाइ

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किएर पछिल्लो विपत्ति आएको बताएका छन्। उनले चीन र नेपालका विज्ञहरूको प्रारम्भिक मूल्याङ्कनबाट यो निष्कर्ष निस्किएको जानकारी दिएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
नेपालतर्फको हिमनदी भत्किएर विपत्ति आएको चिनियाँ विदेश मन्त्रालयको भनाइ
Online Khabar

काठमाडौं, १२ भदौ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालको उच्च पहाडी क्षेत्रको हिमनदी भत्किएपछि हाल देखिएको विपत्ति उत्पन्न भएको बताएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चीनको केरूङ र नेपालमा आएको बाढीबारे पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जानकारी दिएका हुन्।

प्रवक्ता लिन जियानका अनुसार नेपाल र चीनका विज्ञ तथा आधिकारिक निकायहरूले विपत्तिको कारणबारे प्रारम्भिक अध्ययन गरेका छन्। उक्त विश्लेषणमा नेपालको उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि यो विपत्ति निम्तिएको निष्कर्ष निकालिएको छ।

"चीन र नेपालका विज्ञहरू तथा आधिकारिक संस्थाहरूले विपत्तिको कारणबारे प्रारम्भिक मूल्याङ्कन गरेको हामीले जानकारी पाएका छौँ। उनीहरूको विश्लेषणअनुसार नेपालमा उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि यो विपत्ति उत्पन्न भएको हो," उनले भने।

सोही कार्यक्रममा बाढीको विषयमा चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले गरेका निर्णयहरू प्रभावकारी रूपमा लागू गरिने पनि प्रवक्ताले उल्लेख गरेका छन्।

यसैबीच, चीनको सञ्चारमाध्यम सीजीटीएनले उच्च भेगको हिमनदी पग्लिएर ताल बनिरहेको भन्दै एउटा ड्रोन तस्बिर सार्वजनिक गरेको छ।