मुख्य सामग्रीमा जानुहोस्

कांग्रेस संस्थापन इतर समूहको महाधिवेशन तयारी समितिले भदौ १७ मा बैठक आह्वान गर्‍यो

१५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकमा महाधिवेशन तयारी, समसामयिक विषय र विविध विषयमा छलफल हुनेछ। बैठकमा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी हुनेछन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
कांग्रेस संस्थापन इतर समूहको महाधिवेशन तयारी समितिले भदौ १७ मा बैठक आह्वान गर्‍यो
Online Khabar

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं केन्द्रीय महाधिवेशनको तयारीका लागि गठन गरेको समितिले भदौ १७ गते बैठक आह्वान गरेको छ।

पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको उक्त समितिको बैठक यही १७ भदौ दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा हुने बताइएको छ।

बैठकमा १५ औं महाधिवेशनको तयारी, समसामयिक विषय र विविध एजेन्डामा छलफल गर्ने तयारी छ। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले बैठकका लागि तीनवटा एजेन्डा तय गरिएको जानकारी दिए।

बैठकमा सहभागी हुन १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको उनले बताए।