मुख्य सामग्रीमा जानुहोस्

बाढी प्रभावित क्षेत्रका ९३ टावर सञ्चालनमा फर्किए, थप ७ ठाउँमा सेवा सुचारु

रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगैको टावरबाट सेवा सुचारु भएपछि सुरुङमार्गको उद्धार कार्यमा सञ्चार सम्पर्क सहज बनेको छ। नुवाकोटका तुप्चे, बुङताङलगायत स्थानमा पनि आजदेखि टावर सञ्चालनमा आएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढी प्रभावित क्षेत्रका ९३ टावर सञ्चालनमा फर्किए, थप ७ ठाउँमा सेवा सुचारु
Online Khabar

बाढीबाट प्रभावित थप सात क्षेत्रमा आजदेखि नेपाल टेलिकमको सेवा सुचारु भएको छ। योसँगै बाढीका कारण ठप्प भएका १२० साइटमध्ये ९३ साइटमा सञ्चार सेवा पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनानजिक रहेको टावरबाट पनि सेवा सुचारु गरेको छ। सो टावर सञ्चालनमा आएसँगै उक्त आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज बनेको टेलिकमको भनाइ छ। सो टावर सञ्चालनका लागि आवश्यक सामग्री सवारी साधन र भरियामार्फत ढुवानी गरिएको थियो।

यसैगरी रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानस्थित टावरबाट पनि सेवा सुचारु भएको छ। टेलिकमका अनुसार नुवाकोटको तुप्चे र बुङताङ बीटीएससमेत आजैदेखि सञ्चालनमा आएका छन्। ती टावरका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत पुर्‍याइएको थियो।

त्यसैगरी कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पनि आजदेखि सुचारु भएका छन्। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा सेवा पुनर्स्थापनाका लागि निरन्तर काम गरिरहेको जनाएको छ।