मुख्य सामग्रीमा जानुहोस्

बिर्तामोडको भाटभटेनी सुपरस्टोर आइतबारदेखि पुनः सञ्चालनमा

गत भदौको आन्दोलनमा जलाइएको बिर्तामोडस्थित भाटभटेनी सुपरस्टोर आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। पुनर्निर्माणपछि देशका विभिन्न स्थानका स्टोरहरू क्रमशः सञ्चालनमा ल्याइँदै छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बिर्तामोडको भाटभटेनी सुपरस्टोर आइतबारदेखि पुनः सञ्चालनमा
Online Khabar

१३ भदौ, काठमाडौं। झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरस्टोर आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले सो जानकारी दिएका हुन्। उनका अनुसार सो दिनदेखि स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ।

कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै सबै ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति कम्पनीले आभार पनि प्रकट गरेको छ।

गत भदौको आन्दोलनका क्रममा जलाइएका देशका विभिन्न स्थानका भाटभटेनी सुपरस्टोरहरू पुनर्निर्माणपछि धमाधम सञ्चालनमा ल्याइँदै छ। बिर्तामोडको स्टोर पनि सोही क्रममा आइतबारदेखि खुल्न लागेको हो।